पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने, आईओसीले पठायो नयाँ मूल्य

४ बर्ष अगाडि

काठमाडौं- नेपाल आयल निगमले पनि मूल्य बढाउने तयारी गरेको छ । भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएपछि निगमले पनि मूल्य बढाउने तयारी गरेको हो।

विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको भन्दै आईओसीले नयाँ मूल्य अनुसार नेपाललाई मूल्य बढाएर नयाँ सूची पठाएको नेपाल आयल निगमले जनाएको छ। भारतले नयाँ मूल्य सूची पठाएको केहि दिनमा आयाल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउने गरेको छ।

आईओसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ३ रूपैयाँ ८९ पैसा, डिजेल ३ रूपैयाँ ८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा र हवाई इन्धनमा ३ रूपैयाँ ३२ पैसाले बढेर आएको छ। यस्तै एलपि ग्याँसको प्रतिसिलिन्डर मूल्य ९९ रुपैयाँ १७ पैसाले बढेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ। 

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रतिव्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले मंगलबार नयाँ मूल्य सूची पठाएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया