काठमाडौं- करिब चार सय बीमा सर्भेयरको लाइसेन्स नवीकरण भएको छ । बीमा समितिले ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका गरी ३८५ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण भएको जनाएको हो ।
समितिले बीमा सर्भेयरहरुलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरिएको छ । धेरै अनुभव भएकाहरुलाई ‘क’ त्यसपछि कम अनुभव भएकालाई क्रमश ‘ख’ ‘ग’ वर्गमा र नयाँलाई ‘घ’ वर्गमा राखिने व्यवस्था छ । वर्गीकरणको आधारमा समितिले सर्भेयरको लाइसेन्स नवीकरण गराउनेहरुको सूची सार्वजनिक गरेको हो ।
समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको लागि ‘क’ वर्गमा ४६ जना सर्भेयरको लाइसेन्स नवीकरण भएका छन् । यस्तै ‘ख’ वर्गमा ५४ जना, ‘ग’ वर्गमा ९५ जना र ‘घ’ वर्गमा १९० जना गरी ३८५ जना सर्भेयरको लाईसेन्स नवीकरण भएका छन् ।
बीमा गरिएको सम्पतिको क्षति भएमा सम्बन्धित बीमा कम्पनीले बिमितिलाई क्षतिपूर्ति प्रदान गर्नुपर्दछ । उक्त क्षतिको मूल्यांकन गर्न सक्ने व्यक्ति तथा संस्थालाई नै सर्भेयर हो । सर्भेयरले पेश गरेको प्रतिवेदनको आधारमा बीमा कम्पनीहरुले बीमितलाई दाबी वापतको रकम भुक्तानी गर्दछ ।
बीमा सर्भेयर बन्नको लागि चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृत स्तरमा कम्तीमा दश वर्ष भन्दा बढी काम गरेको वा बीमा सम्बन्धी विशेष अध्ययन गरेको हुनुपर्दछ ।
त्यस्ता व्यक्ति मात्रै बीमा समीतिले संञ्चालन गर्ने सर्भेयरको तालिम लिएर लाइसेन्स लिन सकिन्छ ।
समितिले २०७८ सालको नयाँ सर्भेयरको दर्ता विवरण भने तयार हुदै गरेको जनाएको छ ।
प्रतिक्रिया