महालक्ष्मी विकास बैंकको अध्यक्षमा राजेश उपाध्याय

४ बर्ष अगाडि

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले संचालक समितिको अध्यक्षमा राजेश उपाध्यायलाई सर्वसम्मत रुपमा चयन गरेको छ । 

कम्पनीको फागुन १३ गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट संचालकहरु सर्वसम्मत चयन भएका हुन् ।

उक्त सभाबाट बैंकको नियमावली बमोजिम संस्थापक शेयरधनी समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरी कुल ६ जनाको संचालक समिति गठन भएको हो । संस्थापक समुहबाट राजेश उपाध्याय, संजर गिरी र ग्रोविङ्ग प्रा।लि।को तर्फबाट दिपक कुमार रौनियार छन् भने सर्वसाधारण समुहबाट स्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया