८ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

४ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन १६ गते ८ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले फागुन १८ गते जारी गर्न लागेको २८ दिने र ९१ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ जेठ १७ गते परिपक्व हुनेछन् । 

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको वितरण हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया