काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
२०७६/७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाले २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया