मंगलबार शेयर बजार बन्द रहने

४ बर्ष अगाडि

काठमाडौं- आज मंगलबार (फागुन १७ गते) शेयर बजार बन्द रहनेछ । महाशिवरात्रीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेको हुनाले आज शेयर बजार पनि बन्द हुने भएको हो ।

हिजो (सोमबार) शेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको थियो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको थियो । कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया