जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा  प्रभु क्यापिटल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं- जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । 

शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो। सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले र प्रभु क्यापिटलका तर्फबाट  प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। २०७८ फागुन १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्तले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।

शेयर राजिस्ट्रारका रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया