१५.७९ प्रतिशत लाभांश पारितका लागि नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले चैत ९ गते बुधबार आफ्नो २६ औँ वार्षिक साधारण सभा डाकेको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो । 

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया