लुम्बिनी जनरलको १ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले कम्पनीका संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । सो शेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु तथा अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया