४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक,ब्याजदर पनि शून्य प्रतिशत

३ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ४० प्रतिशत डाउन पेमेन्टमै बाइक उपलब्ध गराउने भएको छ ।

यस्तै,ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाँकी रकम फाइनान्समार्फत तिर्न सक्ने छन् । अधिकांश बाइक आयातकर्ता कम्पनीहरुले ५० प्रतिशत डाउन पेमेन्टमा यो सुविधा उपलब्ध गराइरहेकोमा बजाजले यो नयाँ खाले अफर उपलब्ध गराएको हो ।

नेपाली बजारमा बजाजका प्लाटिना, एभेन्जर, डिस्कभर, पल्सर र डोमिनार बाइक विभिन्न भेरिएन्टमा उपलब्ध छन् । सबैभन्दा कम मूल्यको बाइक प्लाटिनाको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा महंगो डोमिनार ४०० को मूल्य ५ लाख ९८ हजार ९ सय रुपैयाँ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया