काठमाडौं- वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांक अनुसार फागुनको दोस्रो साता निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन १३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ६ गतेसम्म कुल निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी,सोही अवधीसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन १३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ६ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको थियो।
प्रतिक्रिया