दोस्रो दिन पनि शेयर बजार ओरालो यात्रामै, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेप्से १.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह घटेको छ ।

सोमबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । उक्त डिबेञ्चरको शेयरमूल्य २ प्रतिशतले बढेर एक हजार २० रूपैयाँ पुगेको छ । 

यस दिन २ वटा हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया