काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा भारी अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ४३.१० अंकले ओरालो लाग्दा सबै उपसमुह पनि ओरालो लागेका छन् ।
नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सो रकम बराबरको शेयर कारोबार हुदाँ आज अपी पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस्तै,अरुण भ्याली, हिमालयन डिष्टीलरी, अपर तामाकोशी, नेशनल हाईड्रोपावर, नेपाल लाइफ, युनिभर्सल पावर, नेपाल टेलिकम, शिव्म सिमेन्ट्स, अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया