युक्रेनबाट २ सय ४४ जना नेपालीको सुरक्षित उद्धार, पोल्याण्डको सीमामा १३० जना रोकिए

३ बर्ष अगाडि

काठमाडौं - युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले सो जानाकारी दिएको हो । 

समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल गन्तव्यमा पुगेका छन् ।

यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना,  स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र मोल्डावाको सीमामा २ जना नेपालीहरु रोकिएका छन् । उनीहरु सोमवार साँझसम्म सिमा पार गर्ने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै रहेका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया