काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदयराज खतिवडाले राजीनामा दिएका छन्।
गत माघ १२ गते नै सञ्चालक समितिसमक्ष खतिवडालेराजीनामा पेस गरेका थिए। उनको राजीनामा सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले फागुन १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।
यसैगरी सञ्चालक समितिको बैठकले संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंलाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय पनि गरेको छ।
प्रतिक्रिया