मर्जरमा जाने बीमा कम्पनीको ८ सुविधा थप सँगै १८ पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - अब मर्जरमा जाने बीमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै उक्त सुविधाहरू थप गरेको हो ।

यसअघि पनि मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीहरूले १० प्रकारका सुविधा पाउने व्यवस्था थियो  । उक्त व्यवस्थामा ८ वटा बुँदा थपेर १८ वटा पुर्‍याइएको छ  ।  थपिएका सुविधामा संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि दुई वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइने, व्यक्तिगत क्रसहोल्डिङको सीमा अवधि वृद्धिलगायत छन्  । 

अब गाभ्ने, गाभिने कार्यपछिको एकीकृत रूपमा बिमांकीय प्रतिवेदन थप्न ६ महिना अतिरिक्त समय प्रदान गर्न सकिनेछ । कुनै बिमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आए सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिने निर्देशिकामा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया