काठमाडौंं- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (NPS) को पहिलो चरणको थालनीका निम्ति (NCHL) र नेपाल डिजिटल पेमेन्ट्स कं. लि. (NDPC) बीच औपचारिक रुपमा सम्झौता भएको छ ।
सो सम्झौतामा (NDPC) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा (NCHL) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेको छ ।
सम्झौता पश्चात् NDPC द्वारा सन्चालनमा रहेको वालेट नमस्ते पेलाई (NCHL) को नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत NEPAL QR स्ट्याण्डर्ड बमोजिम NEPALPAY QR तथा Internetwork QR, Direct Debit Request-to-Pay तथा e-mandate का उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ भने विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् अन्तरआबद्धता तथा PSO सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भए सँगै कार्यान्वयन गर्ने छ ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन PSO का मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ ।
NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कं. लि. र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । NDPC मा ग्रामीण क्षेत्रको पहुँच देखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् । देशका कुना काप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्दै NDPC ले आफ्नो नमस्त पे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डिटिएचको भुक्तानी, मोबाइल रिचार्ज, लगायत विभिन्न भुक्तानीहरु गर्न सकिने सेवा क्रमश थप गर्दै लग्ने छ र NDPC मार्फत नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगतको विभिन्न सेवा तथा उपकरणको विस्तारले यसका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।
हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक/ वित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन्।
प्रतिक्रिया