एजेन्सी - युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै, डलरको मुल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा वृद्धि भएको छ । देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मुल्य प्रति व्यारेल १०० डलरमाथि पुगेको छ ।
युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे स्विफ्टबाट रोक्का गरेको छ । उनीहरुले रुसको केन्द्रीय बैंकमा रहेको सम्पत्ति रोक्का गर्दै देशको विदेशी भण्डारमा पहुँच गर्न सक्ने क्षमतालाई सीमित गरेका छन् ।
प्रतिक्रिया