माघमा ६ सय ५४ म्यानपावरले कामदार विदेश पठाउन श्रम स्वीकृति लिदा २०० को सुन्य, सबैभन्दा बढी साउदीमा

३ बर्ष अगाडि

काठमाडौं - माघ महिनामा ८ सय ५४ म्यानपावर कम्पनी मध्ये ६ सय ५४ म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २ सय म्यानपावर कम्पनीले माघ महिनामा एक जना कामदारको पनि श्रम स्वीकृति निकालेनन् । 

माघ महिनामा सबैभन्दा बढी साउदी अरबमा १४ हजार २ सय ३७ जनाको श्रम स्वीकृति भएको छ । साउदी अरबपछि कतार जानेको श्रम स्वीकृति बढी भएको छ । कतार जान ६ हजार ३ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । माघमा यूएई जान ५ हजार ६ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । 

केही म्यानपावर कम्पनीले पुरानो डिमाण्डको पुनः विज्ञापन गराए पनि माघमा मलेसियामा संस्थागतरूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम माघमा पनि देखिएको छ । रोमानियाका लागि २ सय १४ जनाको श्रम स्वीकृति भएको छ । 

माघमा बेलायतका लागि १२, बहराइनका लागि ९ सय १३ जना, ब्रुनाईका लागि १२, साईप्रसका लागि २ सय २२, इजरायलका लागि २ सय ९७, ओमानका लागि ४ सय २९  जना, कुवेतका लागि १ हजार ८ सय ८० जना, माल्दिभ्सका लागि ६ जना, जोर्डनका लागि ६८ जनाले संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । 

माघ महिनामा अघिल्ला महिनाहरूमा जस्तै सबैभन्दा बढी धनुषा जिल्लाका युवाहरु वैदेशिक रोजगारमा गएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया