नेशनल लाइफले २० प्रतिशत लाभांश पारित गर्ने,  फागुन २१ सम्म कायम शेयरधनीहरूले मात्र पाउने

४ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको ३३औं वार्षिक साधारण सभा फागुन २९ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया