काठमाडौं - माघ महिनामा संस्थागतरूपमा ३० हजार २ सय ९७ जनाको श्रम स्वीकृति भएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रगति प्रतिवेदनले यस्तो देखाएको हो ।
वैधानिक माध्यमबाट ७ सय ५३ जना र पुनः श्रम स्वीकृतिका माध्यमबाट २० हजार ९ सय ६५ जनाको श्रम स्वीकृति भएको छ । समग्रमा माघ महिनामा ५४ हजार ४ सय ६५ जनाको श्रम स्वीकृति भएको छ ।
यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमा अदक्ष कामदारको बाहुल्यता यथावत रहेको छ । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका ५४ हजार ४ सय ७० कामदारमध्ये अदक्ष कामदारको हिस्सा आधाभन्दा बढी छ ।
माघमा गएका ५४ हजार ४ सय ७० कामदारमध्ये उच्च दक्ष कामदारको संख्या ११, व्यावसायिक सीप भएका कामदारको संख्या ७४, अर्धदक्ष कामदारको संख्या ५ हजार ६ सय ९८, दक्ष कामदारको संख्या २० हजार ३ सय ६४ र कुनैपनि काममा सीप नभएका कामदारको संख्या २८ हजार ३ सय २१ रहेको छ ।
विदेशमा सीपयुक्त जनशक्तिको माग निरन्तररूपमा बढे पनि नेपालबाट जाने कामदारमा सो अनुसार सीप र दक्षता बढ्न नसक्दा आमदानी पनि बढ्न नसकेको विज्ञहरूको भनाइ रहँदै आएको छ ।
प्रतिक्रिया