क्यानडा पठाइदिन्छु भन्दै १२ लाख २० हजार ठगी गर्ने पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात दिई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौंको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापर  वैदेशिक रोजगार ठगीको आरोपमा पक्राउ परेका हुन् । 

उनले सर्लाही ब्रम्हपुरी अरबिन्द कुमार साहबाट आफू क्यानडा जान लागेको र त्यहाँ आफ्नो मान्छे छ भन्दै आकर्षक तलवसहित भिसा मगाई दिने आश्वासन दिएर १२ लाख २० हजार रुपैयाँ लिएको प्रहरीको दाबी छ ।

कापरलाई साहको जाहेरीमा प्रहरीले तिनकुनेबाट शुक्रबार पक्राउ गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया