काठमाडौं - माघ महिनामा एसओएस म्यानपावर सर्भिसेज प्रा।लिले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीका लागि विदेश पठाएको छ । उक्त म्यानपावरले ४ सय १४ कामदारको श्रम स्वीकृति निकाली विदेश पठाउँदै धेरै कामदार विदेश पठाउने सूचीको शीर्ष स्थानमा रहेको छ ।
यस्तै ४ सय ११ जनाको अन्तिम श्रम स्वीकृति निकालेर अक्सफोर्ड इनटरनेशनल प्रा.लि. दोश्रो स्थानमा रहेको छ । ३ सय ६९ सय जनाको अन्तिम श्रम स्वीकृति निकालेर प्याराडाइज इनटरनेशनल प्रा.लि. तेस्रो, ३ सय ६१ जनाको अन्तिम श्रम स्वीकृति निकालेर फजल इनटरनेशनल प्रा.लि. चौथो र ३ सय ५३ जनाको अन्तिम श्रम स्वीकृति निकालेर साउण्डलाईन रिक्रुटमेन्ट प्रा.लि. पाँचौं स्थानमा रहेको छ ।
ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि. छैटौँ, सेन्टर क्यापिटल सर्भिस प्रा.लि. सातौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया