कामना सेवा विकास बैंकको ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवाको शुभारम्भ

४ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । 

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल फागुन १५ गतेबाट रूपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सीतापुर र लमजुङ जिल्लाको मध्यनेपाल न।पा। वडा नंं ७ राम बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देवदह न.पा. मादेवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगान.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न।पा माइशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया