काठमाडौं - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश र हकप्रद प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको २५औं वार्षिक साधारण सभा फागुन ३० गते, सोमबार अनलाइनको माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
कम्पनीले आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
यसैगरी, कम्पनीले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको १०:५ को अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै लाभांश लिन र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया