काठमाडौं - सानिमा बैंकले १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई उक्त रकम भुक्तानी गरेको छ ।
बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।
प्रतिक्रिया