काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा २५ लाख ९९ हजार ५ सय ९८ जनाले ३ करोड १ लाख १३ हजार ७ सय कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ३८.८७ गुणा धेरै हो ।
फागुन ११ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त आईपीओमा आज अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
प्रतिक्रिया