९७१० जनाको परीक्षण गर्दा १११ मा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी ९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा १.१४ प्रतिशत अर्थात् एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय १५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार चार सय १३ जना पुगेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार नौ सय ३५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिले आठ हजार पाँच सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार तीन सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया