बिक्रीमा आयो समीट लघुवित्तको ४३ हजार ६३६ कित्ता संस्थापक शेयर, आवेदन दिने म्याद ३५ दिन

४ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक शेयर बिक्रमा ल्याएको हो । 

उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय गोरखा १३ मा निवेदन दिनु पर्ने छ ।  

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया