साता पहिलो दिनै शेयर बजार ओरालो यात्रामा, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजार ओरालो लागेको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेको छ । नेप्से ०.२९ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा झरेको छ । 

कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावर उपसमूह र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।

यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ४४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले बढेर ४ सय ६९ रूपैयाँ ९० पैसा पुगेको छ ।

आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.५८ अंकले घटेर ७ सय ३० रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया