काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार ओरालो लागेको छ ।
आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेको छ । नेप्सेमा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।
सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक आज युनिभर्सल पावरको खरिदबिक्री भएको छ कम्पनीको आज २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनटिसीको १९ करोड ६ लाख, नेशनल हाइड्रोपावरको १४ करोठ ४३ लाख, नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख र अरुण भ्याली हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया