काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार तीन बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको ६ करोड ३३ लाख ३४ हजार २७३.१४४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता र कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।
गत वर्ष प्राइम कमर्सिल बैंकले १६ प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत र कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
प्रतिक्रिया