मेगा म्युचुअल फण्ड १ को नाफा घट्यो, शेयरमा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं- मेगा म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले माघ मसान्तसम्म ३ करोड २३ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तको तुलनामा भने ३१ प्रतिशतले कमी आएको हो ।  पुस मसान्तसम्ममा फण्डले  ४ करोड ७२ लाख नाफा कमाएको थियो ।

फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा ६४ करोड ९१ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तको तुलनामा भने ५ प्रतिशतले वृद्धि भएको हो ।

फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा  ६१ करोड ३३ लाख लगानी गरेको थियो । त्यसैगरी एनएभी पुस मसान्तसम्ममा १०.३८ रहेको उक्त फण्डको माघ मसान्तसम्ममा १०.२६ कायम भएको छ ।  


 

४ बर्ष अगाडि

प्रतिक्रिया