काठमाडौं- राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन्। बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्काले फागुन १५ गते देखि कार्यभार समालेका हुन्।
नायव महाप्रबन्धक खड्काले नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन्, तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंक हुदै २९ वर्ष देखी बैकिङ्क क्षेत्रमा लामो अनुभव संगालेका छन्। साथै उनको बैकिङ्क क्षेत्रमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।
प्रतिक्रिया