एमसीसी पारित गर्ने तयारी,बानेश्वारमा प्रदर्शन जारी

३ बर्ष अगाडि

काठमाडौं- प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने तयारी भइरहेको छ ।

सत्ता गठबन्धन दल नेपाली काँग्रेस पास गरेरै छाड्ने पक्षमा देखिएको छ । त्यसैगरी, सत्तापक्षकै अन्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले व्याख्यात्मक घोषणा सहित पारित गर्ने निर्णय गरिसकेकाले पारित हुने सम्भावना बढेको हो ।

एमसीसीका बिषयमा नेकपा एमालेले भने अझैसम्म खुलेर समर्थन वा विरोध गर्ने भन्ने बारेमा निर्णय गरिसकेको छैन् । एमसीसीको बिषयमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच गोप्य बैठक बसेर छलफल गर्दै आएपनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया