लगानीकर्ताको हात खाली गर्दै ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा डाक्यो, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं- ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा चैत्र १२ गते, शनिबार डाकेको छ । 

माघ १३ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा चैत्र १२ गते हुने निर्णय भएको हो । 

बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छैन । त्यसैले, बैंकका शेयरधनीहरूको हात खाली हुनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि चैत्र २ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया