राष्ट्रिय बीमा कम्पनीका सञ्चालक भण्डारीले दिए राजिनामा

४ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समितिका सदस्य अर्जुन भण्डारीले राजिनामा दिएका छन् । अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा आएका सञ्चालक भण्डारीले केहि दिन अगाडि मन्त्रालयमै राजिनामा बुझाएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नियुक्ति गर्न नसके पछि भण्डारीले राजिनामा दिएका हुन् । भण्डारीले अर्थमन्त्रीको निर्देशनमा तेस्रो वरियतामा रहेका बराललाई नियुक्तिका लागि अडान राख्दै आएका थिए । 

भण्डारीको राजिनामा पछि प्रमुख कार्यकारी अधिकृको नियुक्तिमा थप ढिलाइ हुने भएको छ । मन्त्रालयले आफ्नो प्रतिनिधि पठाए पछि मात्रै नियुक्ति प्रकृया अगाडी बढ्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया