गत साता ७१ अंकले ओरालो लागेको शेयर बजारको यात्रा यस साता कता ?

४ बर्ष अगाडि

काठमाडौं- गत साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २७३२.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ७१.०७ अंक घटेर २६६१.४४ विन्दुमा झरेको छ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा भने २५०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। र यी दुई बीचको दूरी बढ्दो क्रममा रहेको छ। यसले बजार बियरिश ट्रेण्डमा रहेको संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ। त्यसैगरी, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती प्यार्टन बनाएको छ।

यस साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। यस साता दैनिक औषतमा ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २१.५६ प्रतिशत कम हो।

गत साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। गत साता जलविद्युत उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको हो। अघिल्लो साता ३२६८.८३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १३.०३ अंक बढेर ३२८१.६६ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिश मैनबत्ती बनाएको छ। जसले सो दिन बिक्रीकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेको छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई काटेर तल लागेमा त्यसले यस उपसमूहको परिसूचक ओरालो लाग्ने संकेत गर्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया