हिमालयन जनरलको भोलि हुदैँ बुकक्लोज, कति दिदैँ लाभांश ?

४ बर्ष अगाडि

काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्सको  लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन मौका रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १६ गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले फागुन ३० गते, आफ्नो केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया