काठमाडौं - प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले २०७८ साल माघ मसान्तको खुद सम्पत्ति मूल्यको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार माघ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७० पैसा पुगेको छ । उक्त मूल्य पौष मसान्तको तुलनामा १२ पैसाले घटेको हो ।
पौष मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ८२ पैसा रहेको थियो ।त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ५८ करोड ८२ लाख रूपैयाँ पुगेको छ ।
उक्त लगानी पौष मसान्तको तुलनामा बढेको हो ।
प्रतिक्रिया