काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रीको जानकारी दिएको हो ।
कम्पनीले सूचना जारी गरेको सुचना अनुसार ३५ दिन भित्र हाल कायम रहेका संस्थापक सेयरधनीहरुले निवेदन दिनु पर्ने छ ।
इच्छुक लगानी कर्ताले न्यूनतम १० हजार कित्ताको लागि निवेदन दिनु पर्ने छ । प्रति कित्ताको लागि न्यूनतम रु २५० हाल्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
सेयरको किनबेच कुमारी क्यापिटल मार्फत हुनेछ ।
प्रतिक्रिया