फ्रेन्च लिग वान : पीएसजीको सहज जित, एम्बाप्पेको गोलमा मेस्सीको पास

३ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च लिग वानमा पेरिस सैन्ट जर्मेन ९पीएसजी०ले सहज जित निकालको छ । गएराति भएको खेलमा पीएसजीले सेन्ट इटिएनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सहज जित दिलाउको लागि केलियन एमबाप्पेले दुई गोल र एक असिस्ट दिए । पीएसजीको लागि अर्को गोल डानिलो पेरेइराले गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको १६औं मिनेटमा डेनिसले गोल गर्दै सेन्ट इटिएनलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

४७औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा डानिलो पेरेइराले गोल एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई ३-१ ले अघि बढाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पीएसजीले जित्यो ।

यो जितसँगै पीएसजीले शीर्षस्थानमा १६ अंकको अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक जोडेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया