साउदीले माग्यो नेपाली ट्रक ड्राइभर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रियाद सहरमा रहेको कम्पनीले विभिन्न ट्रक ड्राइभरका लागि ७ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ५७ हजार बढि पाउनेछ । इच्छुक कामदारले वर्क फरेस सर्भिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा फागुन २० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया