मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा

४ बर्ष अगाडि

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएका लगानीकर्ताको सम्बन्धित सेयरधनीको डिम्याट खातामा नै बोनस सेयर जम्मा गरिएको हो ।

बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले हालसम्म सेयर डिम्याट नगरेका सेयरधनीहरुलाई बोनस पाउन सेयर पाउन आफूसँग भएको भौतिक सेयर प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) गर्न समेत अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया