काठमाडौं - महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्षको सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनशस शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कमपनीको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।
प्रतिक्रिया