काठमाडौं - नेपाली बजारमा नेपालका लागि एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको हो ।
आइतबार सार्वजनिक गर्ने भनिएको एमजि जेटएस फागुन १५ गते काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिकसँगै बुकिङ खुल्ला गर्ने कम्पनीले बताएको छ । सार्वजनिक हुने एमजीको विद्युतीय गाडीको मुख्य आकर्षण नै डिजाइन र माइलेज हो । एमजी जेडएसमा ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको कारणपनि नयाँ ब्याट्री अप्सनमा आउने भएपछि अझ लोकप्रिय बन्ने कम्पनीको दाबी छ । सार्वजनिक हुन लागेको जेडएस इभी फेसलिफ्टमा अगाडी र पछाडिको भागमा धेरै परिवर्तन गरिएको छ । अलोय ह्वील, ड्यासवोर्ड लगाएतमापनि एमजिले व्यापक परिवर्तन गरेको छ ।
एमजी फेसलिफ्ट इभिमा दिएएको ५१ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४ सय किलोमिटर माइलेज दिने छ । त्यसैगरी ७२ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने जनाइएको छ । यो गाडीको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले हालसम्म एमजी जेडएसको फेसलिफ्टको मूल्य भने सार्वजनिक गरिसकेको छैन । ब्याट्री अप्सन नै फरक हुने भएसँगै एमजीले दुबै भेरियन्टको मूल्य पनि फरक पर्ने जनाएको छ । करिब २० किलोवाट आवर क्षमताको ब्याट्री फरक भएको कारण अनुमानित ८ लाख रुपैयाँ फरक पर्ने अनुमान गरिएको छ ।
औपचारीक रुपमा मूल्य सार्वजनिक नगरेपनि जेटएस इभिको मूल्य ५० लाखदेखि सुरु हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया