लडाईं यहाँ छ मलाई हतियार आवश्यक छ सवारी होइन : युक्रेन राष्ट्रपति

३ बर्ष अगाडि

एजेन्सी - युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । 

समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ । रुसको हमलामा राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा उनको धेरै तारिफ भइरहेको छ । 

उनले आफ्नो भाषणमा रुससँग अन्तिमसम्म लड्ने शपथ लिएका थिए । उनले भने, ‘जब हामीमाथि तिमीहरू हमला गर्छौँ, तब हामी तिमीहरूको सामना गर्नेछौँ, पीठ देखाउने छैनौँ ।’

३ बर्ष अगाडि

प्रतिक्रिया