काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १३ कम्पनीको शेयर सूचिकृत भएको छ । ८ वटा बैंक २ वटा फाइनान्स एक लघुवित्त एक हाइड्रोपावर कम्पनी र एक इन्स्योरेन्स गरी जम्मा १३ कम्पनीको शेयर सूचिकृत भएको हो ।
१. नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको एक करोड ७६ लाख ९१ हजार ४ सय ६२.०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल बैंक लिमिटेडको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
२. नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकद्वारा जारी विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकले दुई वर्ष अवधिको २०८० ‘ङ’ नामको ५.७४ प्रतिशत ब्याजदरको १० अर्ब बराबरको विकास ऋणपत्र माघ १२ गते निष्कासन गरेको थियो । उक्त ऋणपत्रको सावाँ भुक्तानी २०८० साल माघ १२ गते हुनेछ । त्यस्तै २०८२ ‘ङ’ नामको चार वर्ष अवधिको १० अर्ब बराबरको ५.७२ प्रतिशत ब्याजदरको ऋणपत्र राष्ट्र बैंकले माघ १७ गते निष्कासन गरेको थियो । यो ऋणपत्रको सावाँ भुक्तानी २०८२ साल माघ १७ गते हुनेछ । त्यस्तै २०८० ‘च’ नामको २ वर्षे अवधिको ९ अर्ब ५० करोड बराबरको ५.६५ प्रतिशत ब्याजदरको ऋणपत्र भने राष्ट्र बैंकले माघ २६ गते निष्कासन गरेको थियो ।
३. ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको २ करोड १६ लाख ३२ हजार ५ सय ३.०३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
४. प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड ३६ लाख १६ हजार ४ सय ६८.७६ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
५. मितेरी डेभलपमेन्ट बैंक
नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । बैंकको १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११.३३ कित्ता शेयर सूचिकृत भएको हो । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
६. सनराइज बैंक
नेप्सेमा सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३.०९ कित्ता सेयर सूचिकृत भएको छ ।
७. नेपाल बङ्गलादेश बैंक
नेप्सेमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड ८ लाख ५ हजार ७ सय ८५.४३ कित्ता सेयर सूचिकृत भएको छ ।
८. लक्ष्मी बैंक लिमिटेड
नेप्सेमा लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ५६ हजार ५ सय ५१.८९ कित्ता सेयर सूचिकृत भएको छ ।
९. गुडविल फाइनान्स
नेप्सेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार एक सय ५२ कित्ता शेयर सूचिकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
१०. गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स
गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडको बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । सो कम्पनीको १० प्रतिशतका दरले ८ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत पश्चात् लगानीकर्ताहरूले भोलिदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।
११. गुराँस लाइफ इन्स्योरेन्स
नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको छ ।
१२. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
१३. बुटवल पावर कम्पनी लिमिटेड
बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको २९ लाख ४९ हजार ६ सय ६३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया