काठमाडौं - चालु आर्थिक वर्षमा कर्पोरेट पे प्रणालीमार्फत ५५ अर्ब रूपैयाँको कारोबार भएको छ । हाल ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २ हजार ६०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्रणाली प्रयोग हुँदै आएको छ ।
यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ ।
प्रतिक्रिया