स्थीर कर नीति नहुँदा व्यवसायीलाई अप्ठ्यारो

४ बर्ष अगाडि

काठमाडौं - नेपालले अंगालेको कर नीति पटक पटक परिवर्तन हुदाँ व्यवसायीलाई अप्ठ्यारो परेको वरिष्ठ लेखा परिक्षक शेषमणि दाहालले बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको राजस्व नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी कुल ग्राहास्थ उत्पादन (जीडीपी) को तुलनामा कर संकलनमा दक्षिण एशिया राम्रो स्थानमा छौं, यसमा रहेका समस्यालाई सुधार गर्दै कर नीतिलाई स्थायित्व बनाउनुपर्छ ।’

कार्यक्रममा नेपालले लिएको कर नीति यसको विविध पक्षमा छलफल भएको थियो । नाफिजले आगामी आर्थिक वर्ष २०८९.८० को बजेटमा राजस्व सुझावका लागि नेपाल राजस्व परामर्श समितिसँग मिलेर कायाक्रम गरेको हो ।

कार्याक्रममा समितिका तर्फबाट सदस्य सचिव भूमिराज शर्मा र पत्रकारका तर्फबाट श्रीधर खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेल, राजस्व अनुसन्धान विभागका निर्देशक मुक्ति अर्यालको सहभागिता रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया